एक्काइसौँ सताव्दीको युगमा प्रवेश गरिसक्दासम्म पनि हाम्रो समाजमा भौतिकजगतको धारणा बन्न सकिरहेको देखिदैन । यो भौतिकजगतको सृष्टिकर्ता कुनै अलौकिक र अधिभौतिक तत्व हो भन्ने भनाइ समाजमा छ्यापछ्याप्ती पाइन्छ । यो जगतको सृष्टिकर्ता इश्वर हो भन्ने भनाइ प्रायः जसो सुन्न पाइन्छ । इश्वर नै सर्वशक्तिमान, सर्वज्ञ, अलौकिक र अधिप्राकृतिक तथा अधिभौतिक छ भन्ने गरिन्छ । मनुष्य लगायत सवत्र व्रम्हाण्डको स्वामी र भाग्यविधाता इश्वर नै हो भन्ने धारणा अहिले पनी हाम्रो समाजमा बलियो रुपमा स्थापित भएको पाइन्छ । इश्वरको इच्छा बाहेक मनुष्यले केही पनी गर्न सक्दैन भन्ने धारणा र सँस्कारले समाज भरिएको पाइन्छ । यसमा धर्मको कुरो पनी आउँछ ।धर्म र इश्वर जोडिएका छन यसमा । धर्मले इश्वरको अस्तित्वलाइ स्थापित गराउने काम गरेको छ । इश्वरको अस्तित्व लाइ स्थापना गर्ने क्रममा नै धर्म, धार्मीक ग्रन्थ, धार्मिक सम्प्रदायहरु पैदा भएको देखिन्छ । यी जे जती धर्म, धर्मग्रन्थ वा सम्प्रदायहरु छन, यिनीहरुको आधार अलौकिक, अवस्तुवादी र अवैज्ञानिक खालका छन ।
धर्मले विज्ञानलाइ कहिल्यै स्विकार्दैन । किनभने विज्ञान विचारमा आधारित छ त्यसैगरी तर्क र प्रमाणमा आधारित छ । जवकी धर्म केवल विश्वासमा आधारित छ । विज्ञानको आधार बस्तुगत यथार्थ हो, जवकी धर्म कपोलकल्पनामा छ । त्यसो भएका ले इश्वर वा धर्मको सोँचले मानिसलाइ एकांगी, अन्धो बनाइदिन्छ, सन्की, हठी र अवैज्ञानिक बनाउँछ साथै पराश्रित , पंगु र अविवेकी बनाउँछ । हाम्रो समाजमा इश्वरलाइ सत्य प्रमाणित गर्नको लागी यससित धेरै कपोलकल्पना हरु जोडिएका छन । जस्तो–स्वर्ग र नर्कको कल्पना, पुर्वजन्म र पुर्नजन्म, यह लोक र परलोकको कल्पना, आत्मा र परमात्माको कल्पना आदि । बेद, उपनिषद आदि ग्रन्थहरुलाइ दैविय ग्रन्थ भनी घोषणा गरिएको छ ।
इश्वरको सोँच मानव समाजको विकासको धेरै पछिल्लो चरणमा मात्र देखा परेको भन्ने निचोड बैज्ञानिकहरुको छ । वैज्ञानिक हरुको दृढ मत छ की जवसम्म मानवसमाज बर्गहरुमा विभाजित भएको थिएन, शासक र शासीत समाजको सुरुवात भएको थिएन त्यसवेला सम्म मानवजातीको मनमा इश्वर पैदा भएको थिएन । जव जव यी कुरा हरु देखा परे, त्यही समय देखी समाजमा इश्वरको धारणा पैदा भयो । जव एकथरी मानिसहरु शोषकहरुको अधिनमा बस्नु पर्ने भयो तिनको निर्दयी, निरंकुश र जंगली हुकुमलाइ शिरोपर गरेर बस्नुपर्ने भयो । तिनीहरुले शासक बर्गको सर्वसत्ताधिकारको स्तुति गर्न थाले । साथै आफ्नो वरपरका जुन प्रकृति र यसका अन्जान नियम हरुलाइ देखे , यस कुरा ले समस्त जगतको कोही मालिक वा कोही शासक हुनुपर्छ भन्ने भन्ने लाग्यो ।उनी हरुले सुर्यको उदय र अस्त,दिन र रात , चन्द्रमाको पुणिमा वा औँसी , ऋतु हरुको हेर फेर , जाडो , गर्मि , बर्षा , हुरी इत्यादी जे देखे यी कुरा हरुको निश्चित समायावधिमा जुन पुनरावृति देखे यी कुरा हरुले तिनीहरुको सोँचाइमा प्रभाव पार्न गयो । तिनीहरुले प्रकृतिमा निश्चित नियम , कानुन को राज देखे । यद्यपी यस नियमको बस्तुगत पक्षहरुलाइ वुझ्न तिनीहरुलाइ सजिलो थिएन । यसलाइ बुझ्ने सामथ्र्य पनी थिएन । त्यसो हुनाले तिनीहरुले यसलाइ कुनै परम मालिक वा शासक नभइ यत्रो विशाल दुनियाँ के गरी चल्छ भन्ने कुराले वेस्सरी उद्धेलीत बनायो । अज्ञानताका कारण ले र अवस्तुबादीता वा अधिभौतिकता भएका ले यो कपोलकल्पना मात्र हुन पुग्यो । इश्वरको सोँच र जन्म यिनै पृष्ठभुमि मा पैदा हुन पुग्यो ।
तर मानव जाति त्यतिखेर जंगली अवस्थामा थियो , झुण्डको रुपमा गुफा र कन्दरा हरुमा जवसम्म बस्दथ्यो , जवसम्म जंगली कानुनको राज थियो, त्यतिवेला सम्म इश्वरको सोँच प्रकट भएको थिएन । मोर्गन लगायतका नृवंशशास्त्रीय हरुको आदिमानव बारेको खोज बाट के पत्ता लागेको लागेको छ भने इश्वरको सोँचको जन्म दासयुगमा आएर भयो । दासयुग ज्यादै बर्बर युग थियो भन्ने पुष्टि समाजशास्त्रीहरुले धेरै प्रमाणका साथ स्पष्ट पार्दै आएका छन । दास समाजमा शासक हरु द्धारा भयंकर भय र आतंक ले छायको समाज व्यवस्था थियो । जसका कारण उनीहरु झनझन पराश्रित भए । र मालिक को पनी मालिक परममालिक को सोँच पैदा भयो । इश्वरको सोँच अनादी काल देखी नै थियो भन्ने कुरा गलत हो । मानवजातीको इतिहाँसको अध्ययन बाट के पाइएको छ भने मानवजातीले समाज बनाएर बस्न वा सभ्य र व्यवस्थीत जीवन सुरु गर्न हजाँरौ बर्ष लाग्यो ।
राजा महाराजाहरुलाइ इश्वरको कल्पना सँग जोडिएको छ । राजा महाराजाहरु इश्वरको अंश मात्र नभइ बंश नै भएको र इश्वरको जन्म नै राजा महाराजा हरुको स्वेच्छाचारीताको पृष्ठभुमि मा भएको कुरा धेरै ठाँउ बाट पुष्टि भएको पाइन्छ । यस सम्बन्धमा फ्रेडरिक एंगेल्सको एउटा भनाइ छ “स्वर्गलोक का शासक सम्बन्धी विचार पुर्विय स्वेच्छाचारी शासक हरुको प्रतिविम्ब हो ”यस भनाइबाट पहिले इश्वर जन्मिएर राजा महाराजा चाँही त्यसपछिको अवतार नभइ अरु महाराजाहरुको वा पुर्विय स्वेच्छाचारी शासकहरुको प्रतिविम्ब पो इश्वर भएको कुरा प्रष्ट भएको छ । दासयुगमा स्वेच्छाचारी मालिक बर्गबाट भयभित भएका दास हरुले नै ती मालिक वा शासकहरुको पुजा गरे, तिनको प्रसंसा गरे, तिनको स्तुती गान गरे, तिनलाइ स्वर्गका राजा हरुका दुत ठाने, वंश ठाने र अवतार ठाने । राजा हरुले अहिले पनी आफ्नो नाममा देव जोडछन । आफुलाइ प्रजावत्सल,प्रभु र चक्र चुडामणी आदि विशेषण ले विभुषित बनाउँछन । संस्कृतमा यीनलाइ पृथ्वीको पति (भुपती) भनिएको छ । इश्वरलाइ स्वर्गको पति (भुवनपति) भनिएको छ । अतः दुवैको एउटै रक्त सम्बन्धजस्तो लाग्छ । राजा महाराजा हरुले आफुलाइ स्वर्गको दुत बनाउने खालका काव्यहरुको रचना गर्न लगाए ।तर भौतिकबादी वा विज्ञानको विकासले यिनका सम्पुर्ण सोँच हरुलाइ गलत सावित गरिदिएको छ ।
जसरी अज्ञानता र भयको कारणले ईश्वरको सोँच पैदा भयो, धर्मबारे पनि यहि कुरा लागु हून्छ । त्यसो भएकाले यी दुवैको पृष्ठभुमी एउटै खालको छ । ईश्वर को अस्तित्व लाइ सिद्ध गर्नका लागि अध्यात्मबादको साहारा मा धर्मले ठूलो भुमिका खेलेको छ । धर्म र ईश्वरको गहिरो सम्बन्ध देखिन्छ । पुर्विय दर्शनमा धर्मले स्वर्ग र नर्क को कुरा उठाइएको छ । यसरी ईश्वरलाइ स्थापित गर्ने धुनमा धर्मले नानाभाँती का जडसुत्र हरुको निर्माण, नानाभाँतीका रुढिगत नियम र कर्मकाण्डको निर्माण गरेको छ । जसले भयंकर सामाजिक र मानसिक जटिलता पैदा गरिदिएको छ । यसै विषयमा कार्लमाक्सले धर्म जनताका लागी अफीम हो भन्नु भएको छ ।
हाम्रो समाज मा यस्ता खालका सोँचहरु पनी कि धार्मिक ग्रन्थहरु दिव्य ग्रन्थ हुन । यसमा ऋषीमुनीहरुले जे जति थपेका छन ती अचुक ज्ञान हुन । वास्तविकता के हो भने बेद, उपनिषद बन्यो ६ देखी ७ बर्ष लगाएर । वेदको रचनाको सुरुवात इ.पु.१५०० मा भयो भन्ने कुरा भारतका महापण्डित राहुल सांस्कृत्यायन ले उल्लेख गरेका छन । र यो निर्माणको क्रम धेरै पछि सम्म चलिरह्यो । यँहासम्म की वेद मध्य सर्वाधिक पुरानो वेद ऋग्वेदको रचना नै १५०० देखी १००० इ.पु सम्म भएको बताइएको छ । ऋग्वेदको ऋचाकारहरुमा विश्वामित्र,वशिष्ठ,भारद्धाज, गौतम अंगिरा, वृहस्पती र गौरवति आदी ऋषि हरुको ६ सात पुस्ता नै लागेको बताइएको छ । विश्वामित्रको काललाइ १५०० इपु बताइएको छ । यी कुरा हरुले के कुरा प्रमाणित गरिदिएका छन भने वेद, उपनिषद वा रामायण,महाभारत,पुराण वा गिता कुनैपनी धार्मिक ग्रन्थ अनादीकालदेखी र दैव्य ग्रन्थ वा दिव्यग्रन्थ होइनन । ती मानव मष्तिष्ककै देन हुन र काव्यरचना का हिसाव ले ती सभ्यताका सुरुवातका रचना हरु हुन । तर आजको जस्तो ज्ञानविज्ञानको भण्डार नभएको त्यस समयमा पनी केवल आफ्ना अनुभवहरुका आधारमा उल्लेखित ग्रन्थ हरु जसरी रचना भयो, त्यो हिसावले वा काव्य रचना का हिसावले हेर्दा त्यतिवेलाको मानसिक क्षमतालाइ वेजोड मान्नुपर्दछ ।
मानवजाती को इतिहाँसले यही बताएको छ कि मानवजातिको ज्ञान, अनुभव विकसित भइसकेको छ । परिमार्जित र उन्नत भइसकेको छ । आजको उन्नत विज्ञानप्रविधीको दुनियाँलाइ हिँजो ऋषिमुनिहरुका दासयुगिन वा सामन्तयुगिन मन्त्रहरु र सोँचहरुले सञ्चालन गर्न किमार्थ सक्तैनन । ती वेद उपनिषद हरुमा उल्लेख गरिएका ऋचाहरुद्धारा हवाइजहाज उडाउन वा मोटरगाडी गुडाउन मद्धत गर्न सक्दैनन । तसर्थ हाम्रा विचार हरु वैज्ञानिक भएनन, हामी अलौकिक र अवास्तविक तथा अधिभौतिक कुरामा विश्वस्त भयौँ, भौतिकजगत र यसको बहुरुपी नियमलाइ बुझ्न सकेनौँ । जीवनका समस्याहरु सित सामना गर्ने सही मार्ग पक्रन सकेनौँ भने हामी भाग्यबादी हुन पुग्छौँ । हामी पराश्रित हुन पुग्छौ र विज्ञान वा सत्यको खोजी गर्न असमर्थ हुन्छौँ । त्यसो भएकाले हामीहरु ले जीवन र जगत प्रति संवेदनशिल हुनु जरुरी छ । सजग र सतर्क हुनु जरुरी छ । हामीले नै विज्ञान र यसको प्रक्रियालाइ सर्वाधिक बुझ्न जरुरी छ । हामीलाइ नै बस्तुबादी हुनु वा भौतिकबादी हुनु यसकारण पनी जरुरी छ कि हामीले मानसिक वा भौतिक दासत्व बाट मुक्त हुनुछ ।
आजको यो युग धेरै आधुनिकता तर्फ फड्को मारिरहेको युग हो र स्वभाविकै पनी मानिसहरु यो अध्यात्मबादी सोँचबाट मुक्त हुनु पर्ने हो तर त्यसो भइरहेको छैन मानिस आजको यो युगमा पनी झन अधिभौतिकबादी बन्दै गएको छ । धर्मको नाममा अरवौँ पैसा खर्च गरिरहेको छ । आफु मनलाग्दी भगवान र ईश्वरको नाममा अनेकौँ जडसुत्र र कर्मकाण्ड मन्त्र हरुको प्रचार गरिरहेको छ । र मानव समाज लाइ धर्मको नाममा दासयुग मै सिमीत राख्न खोजिरहेको छ । त्यसैले केही मानिसहरु आज पनी वर्वर जंगली दासयुगमा छन । यसबाट मानिसहरुले मुक्ति पाउनु जरुर छ । लेखक: सोनु कुमार सुनार ([email protected])