असोज ८ – चितवनमा भएको एम्बुलेन्स दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

रुखबाट लडेर गम्भीर घाइते भएका एक व्यक्तिलाई उपचारार्थ भरतपुरतर्फ लैजाने क्रममा पश्चिम चितवनको मङ्गलपुरमा एम्बुलेन्सले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मङ्गलपुर गाविसका रुखबाट लडेका ५० वर्षीया नन्दकिशोर मगर र सोही ठाउँ निवासी साइकलयात्री ७० वर्षीया गणेशकुमार श्रेष्ठ रहेको बताइएको छ ।

घिरौंला टिप्ने क्रममा घर नजिकैको रुखबाट लडेका नन्दकिशोरलाई उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा ना१च ९१२४ नम्बरको एम्बुलेन्सले मङ्गलपुरका एक साइकल यात्रीलाई ठक्कर दिएको हो ।

आइतबार साँझ भएको दुवै घटनाका घाइतेको गएराति चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स चालक र एम्बुलेन्सलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।