असोज ८ – पूर्व राजा ज्ञानेन्द्र शाह तनहुँको दमौली स्थित पञ्चमन्दिरमा पुजाआजा गर्न जाने भएपछि उनलाई रोक्न माओवादी, कांग्रेस एमालेहरुले चक्काजाम गरेका छन् ।

कथित देवीदेवता र मठ मन्दिरको पुजाआजा गर्ने नाउँमा पुन राजतन्त्रलाई सकृय वनाउन खोजेको भन्दै माओवादी, कांग्रेस एमालेसहित ८ पार्टीले सोमवार विहान ७ वजेदेखि १ घण्टा जिल्लाभर यातायात बन्द गरेका हुन् ।

एक घण्टे बन्दको क्रममा पृथ्विराजमार्गमा चल्ने सवारीसाधनहरु पूर्ण रुपमा बन्द गरिएको थियो ।

पुर्व राजा ज्ञानेन्द्रको पुजाआजा र भ्रमणको विरोध गर्नेहरुमा कांग्रेस, एमाले, नेकपा माओवादी, नेकपा-माओवादी, राष्ट्रिय जनमुक्ति, राष्ट्रिय जनमोर्चा, दलित जनजाती र नेकपा संयुक्तका कार्यकर्ता छन् ।

बन्द समापन गर्ने क्रममा नेताहरुले पुर्वराजाको पुन राजा वन्ने योजना दिवा सपना मात्रै हुने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।