असोज ६ – रोजगारीका लागि भारत गएका छ जना नेपाली स्वदेश फर्कने क्रममा भारतको रूपैडिहा क्षेत्रमा लुटिएका छन् ।

भारतको जयपुरबाट युपी ८५ यु ९६३९ नं को बसबाट नेपाल फर्कने क्रममा दैलेखका धमेन्द्र शाही, मिलन शाही, सुर्खेतका भरत सोनी र जाजरकोटका विराज विक रहेका छन् । लुटिने अन्य दुईजनाको भने नाम, ठेगाना खुल्न सकेको छैन ।

अपरिचित व्यक्तिले चिसो पेय पदार्थमा बेहोस बनाउने नशालु औषधि मिसाएर सेवन गराई उनीहरूसँग रहेको करिब रु दुई लाख र चार थान मोबाइल लुटिएको प्रहरीले जनाएको छ ।

चाँडपर्व सुरु भएपछि भारतबाट नेपाल फर्कने क्रममा प्रत्येक वर्ष थुप्रै नेपाली भारतीय सीमा क्षेत्रमा लुटिने गरेता पनि त्यसतर्फ भारतीय र नेपाली सुरक्षा अधिकारीले खासै चाँसो राखेको पाइँदैन । – रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।