असोज ६ – भारतबाट महोत्तरीको जलेश्वर ल्याउँदै गरेको एक दर्जन बोका जिल्लाको बथनाह नाकामा अज्ञात समूहले लुटेको छ ।

जलेश्वरका खसीबोका व्यापारीले भारतको पुपरी र सुरसन्ड बजारबाट ल्याइरहेको करिब १२० बोकामध्ये १३ वटा बोका आज बिहान बथनाह नाकामा लुटिएको व्यापारी मरनी देवीले बताए ।

भारतको सीमा सुरक्षा बल (एसएसबी) ले दिनमा भारतबाट खसीबोका नेपाल भित्रिन नदिने गरेकाले मिरमिरे बिहानीमा वनको बाटो भएर ल्याउँदै गरेका बोकाहरू लुटिएको व्यापारी सुदामा देवीले बताइन् ।

दसैँ नजिकिँदै गरेकाले महोत्तरीको बजारमा खसीबोकाको आपूर्ति सहज बनाउन एक महिना पहिलेदेखिनै भारतबाट लुकाइछिपाइ ल्याउँदै गरेका बोकाहरू लुटिएपछि व्यापारीहरू आफ्नो लगानी डुब्ने खतरा बढेको बताउँछन् ।

महोत्तरीको बथनाह सीमा नाकामा गत वर्ष पनि एसएसबीले नेपाली व्यापारीको ३० वटा बोका भारतीय गाउँलेलाई लुट्न लगाएका थिए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।