असोज ५ – नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले सत्तामै रहेकाहरुबाट राष्ट्रिय स्वाधिनताका विषयमा शंका उब्जिएको उल्लेख गरेका छन् ।
क्रान्तिकारी पत्रकार महासंघको आयोजनामा आयोजित राष्ट्रिय स्वाधिनता र नेपाली मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउन गरिने विभिन्न क्रियाकलापले राष्ट्रिय स्वाधिनतामा उल्टै शंका उब्जाएको बताए ।
उनले मुलुक इतिहासकै कमजोर मोडममा रहेको समेत बताएका छन् ।
कार्यक्रममा उनले मिडिया उद्योग बन्दै जाँदा नाफामुखीतर्फ केन्द्रित भएको भन्दै चिन्ता व्यक्त गरोक छन् ।
उनले एमाले सञ्चारमा विदेशी लगानी मान्ने पक्षमा नरहेको पनि बताए ।
Comments