असोज ५ – डोल्पामा आज तारा एयरको एक विमान दुर्घटनामा परेको छ ।

डोल्पाको जुफालबाट नेपालगन्जको लागि उड्ने क्रममा तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको हो ।

उडान सुरु गर्ने क्रममा आज बिहान धावनमार्गको बायाँ तर्फको जालीमा ठोक्किँदा एउटा पंखा भाँचिएको हो ।
तर दुर्घटनाबाट कुनै मानविय क्षति भने भएको छैन ।

उक्त विमानमा दुई यात्रु, चालक दलका तीन सदस्य र दुईजना विमानका इन्जिनियर रहेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।