असोज १ – एकीकृत नेकपा माओवादी नेता सालिकराम जमरकट्टेलले आफ्नै पार्टी नेतृत्वको सरकार विरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् ।

एमाओवादी महाधिवेशन आयोजक समिति सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष समेत रहेका उनले बाबुराम सरकारले गरेको निर्णय विरुद्ध सर्वोच्चको ढोका ढकढकाउन पुगेका हुन् ।
उनले आफूमाथि आक्रमण गर्ने भट्टराई पक्षधर माओवादी कार्यकर्ताको मुद्धा फिर्ता लिएको भन्दै उक्त निर्णय गैर कानुनी भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

जमकट्टेललाई एक बवर्षअघि आर्थिक हिनामिना लगायत विभिन्न विषयमलाई बबरमहलमा उनकै पार्टी कार्यकर्ताले हतियार प्रयोग गरी घाइते बनाएका थिए ।

आइतबार उनीद्वारा सर्वोच्चमा दायर रिटमा बाबुराम सरकारले गरेको उक्त निर्णय रोक्न माग गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।