भदौ ३१ – संस्थापन पक्षको ठूलो एक समूहले आज पार्टी छाडेर मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा प्रवेश गरेको छ ।

एकीकृत नेकपा माओवादी भित्रको पनि बाबुराम भट्टराई पक्षधर राज्यसमितिका ६ जनासहित करिब ३ सयको संख्यामा नेता तथा कार्यकर्ता आज संस्थापनलाई छाडेर इटहरीमा माओवादीमा प्रवेश गरेका हुन् ।

भट्टराई समूहका गणेश कटुवाल, प्रदीप चौधरी र ध्रुव थापालगायत ६ राज्य समितिका सदस्यसहित जिल्ला, नगर, भातृ संगठनका २ सय ७६ सदस्यले भट्टराई समूहको साथ त्याग्दै बैद्यको पार्टीमा समाहित भएका हुन ।

यसरी प्रवेश गर्नेहरु राज्यसमिति, गणतान्त्रिक खेलकुद, संगठन, विभिन्न भातृ संगठन र जिल्ला कमिटिमा आवद्ध छन् ।
नेकपा माओवादीमा प्रवेश गर्ने क्रममा उनीहरुले शान्ति प्रक्रियालाई सफल बनाउन भट्टराई असफल भएकाले साथ छाडेको भन्दै अहिलेको अवस्थामा वैद्यको लाइन उपयुक्त भएको ठोकुवा गरेका छन् ।

राज्य समिति सदस्य ध्रुव थापाले अझै पनि पूर्वका विभिन्न जिल्लाबाट भट्टराई र संस्थापन पक्षबाट कार्यकर्ता वैद्य नेतृत्वको माओवादीमा आउने दाबी गरे । बहिगर्मनमा परेका ३ हजारदेखि ४ हजार लडाकु वैद्य नेतृत्व माओवादी प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।