भदौ ३० – गरिबका घरमा हेलिकप्टर चढेर जाँदै गर्दा प्रधानमन्त्री चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।
शनिबार काठमाडौँबाट जुम्लाको एक गरिब दलितका घरमा बास बस्न भनेर उडेका प्रधानमन्त्रीको हेलिकप्टर खराब मौसमका कारण बाँकेको कचनापुरमा आकस्मिक अवतरण गरिएको हो ।
नेपालगञ्ज विमानस्थलबाट जुम्लाका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण आकस्मिक अवतरण गर्नु परेको हो । प्रधानमन्त्री सवार नेपाली सेनाको एमआई ३८ हेलिकोप्टर कचनापुर–५ मा आकस्मिक अवतरण भएको बताइएको छ । मौसममा केही सुधार देखिएपछि हेलिकोप्टरालाई पुनः नेपालगञ्ज फर्काइएको छ ।
बाबुराम कहिले मुस्ताङ म्याक्स चढेर चर्चा बटुलिरेहका हुन्छन् त कहिले ट्याक्टर चढेर चर्चामा आउने प्रयास गर्छन । त्यसैको स्वरुप आज भने उनी गरिब दलितको घरमा बास बस्न हेलिकप्टर चढेर त्यसतर्फ उडेका थिए ।