भदौ २९ – कपिलवस्तुमा आज भएको सवारी दुर्घटनामा परी ७ सशस्त्र प्रहरीसहित ८ को ज्यन गएको छ । उक्त दुर्घटनामा २० जना भन्दाको संख्यामा घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चन्द्रौटा(गोरुसिङ्गे खण्डको प्रतापपुर ४ मा दाङबाट बुटवलतर्फ गइरहेको लु१ख ३५१९ नम्बरको बस ना१ग ५८७ नम्बरको सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
बसले ओभरट्याक गरेर आउँदा प्रहरीको भ्यानसँग ठोक्किएको बताइएको छ ।
यसैबीच सशस्त्र प्रहरी बल मुख्यालयले शुक्रबार साँझ एक बिज्ञप्ति जारी गरी गम्भीर घाइतेहरु ६ जनालाई उपचारको लागि हेलिकप्टरबाट राजधानी ल्याइएको जनाएको छ ।
घाइतेहरु मध्ये तीन जनाको शिक्षण अस्पताल महाराजगंज, दुई जनाको वीर अस्पताल र एक जनाको निजामति अस्पताल बानेश्वरमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी मृत्यु भएकोहरुको विवरणहरुः
१. सशस्त्र प्रहरी बरिष्ठ हवल्दार हस्तबहादुर वि.क.(चालक) दुर्घटना स्थलमै मृत्यु
२. सशस्त्र प्रहरी जवान गोविन्द खत्री
३ सशस्त्र प्रहरी जवान अंकलाल चौधरी
४. सशस्त्र प्रहरी जवान शिबु चौधरी
५. सशस्त्र प्रहरी जवान दिपक बुढा
६. सशस्त्र प्रहरी जवान खगेन्द्र खड्का
७. सशस्त्र प्रहरी जवान हेमन्त थारु
बसका चालक
८. बस चालक चुडामणि पोख्रेल– दाङ लालमटिया
हेलिकोप्टरद्वारा उपचारार्थ काठमाडौं ल्याइएकाहरुः–
१. सशस्त्र प्रहरी निरीक्षक विर्ताशेर थापा
२. सशस्त्र प्रहरी निरीक्षक देबबहादुर कार्की
३. सशस्त्र प्रहरी सहायक निरीक्षक रामबहादुर रेग्मी
४ सशस्त्र प्रहरी जवान भुवन गरी
५. सशस्त्र प्रहरी जवान दुर्गा वस्नेत
६. सशस्त्र प्रहरी जवान प्रदिप सिंह
अन्य घाइते सशस्त्र प्रहरी कर्मचारीहरुः–
१. सशस्त्र प्रहरी नायव निरीक्षक दिनेश के.सी.– पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको
२. सशस्त्र प्रहरी नायव निरीक्षक जुवानन्द खनाल – पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको
३. सशस्त्र प्रहरी नायव निरीक्षक गमबहादुर थापा– लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको
४. सशस्त्र प्रहरी बरिष्ठ हवल्दार कृष्णचन्द्र धिताल – लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको
५. सशस्त्र प्रहरी बरिष्ठ हवल्दार शेरबहादुर खड्का – लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको
६. सशस्त्र प्रहरी बरिष्ठ हवल्दार रामेश्वर पाल – लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको
७. सशस्त्र प्रहरी बरिष्ठ हवल्दार दिलिप हरिजन – लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको
८. सशस्त्र प्रहरी जवान ज्ञानेन्द्रप्रसाद मौरिया – लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको
९. सशस्त्र प्रहरी जवान अदालत चौधरी – लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको
१०. सशस्त्र प्रहरी जवान नविन शोणी – लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको
११. सशस्त्र प्रहरी जवान ललित बारघरे – लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको
१२. सशस्त्र प्रहरी जवान अर्जुन चौधरी – लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको
१३. सशस्त्र प्रहरी जवान अर्जुन सुनार – लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको
१४. सशस्त्र प्रहरी जवान मुकेश चौधरी – लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको