भदौ २९ – खेलमा लगातार जित दर्ता गर्दै आएको नेपाली महिला टोलिले दोस्रो साफ महिला फुटबल अन्तर्गत आजको सेमिफाइनलमा श्रीलङ्कालाई ३–० ले पाखा लगाउँदै फाइनल प्रवेश गरेको छ ।

श्रीलङ्कामा जारी प्रतियोगितामा नेपालले श्रीलङ्कालाई ३–० ले पराजित गरेको हो । योसँगै अब नेपालले फाइनलनमा भारतसँग भिडन्त गर्ने भएको छ ।

श्रीलंकालाई स्तब्ध पार्न आजको खेलमा नेपाली खेलाडी दीपा अधिकारीको महत्वपूर्ण भूमिका रह्यो । उनले खेलको ४८ औँ मिनेटमा सुरु गरेको गोल गर्नै क्रमलाई निरन्तर ७६ औँ र ९० औँ मिनेटपछिको इन्जुरी टाइममा गरेर तीन गोल गर्र्दै नेपालाई विजय बनाएकी हुन ।

नेपाली खेलाडीले ४० औँ मिनेटमा पाएको पेनाल्टीलाई जमुना गुरुङले खेर फालेकी थिइन । त्यस्तै आजको भएको अर्को सेमिफाइनल खेलमा भारतले अफगानिस्तानलाई ११–० ले पराजित गरेको छ ।

भारतले अफगानिस्तानलाई गोलको वर्षा गराउँदै फाइनल प्रवेश गरेको छ भने नेपाली टिम समले श्रीलङ्का सामु उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।