काठमाडौँ, २८ भदौ । सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

मन्त्री परिषद्को आजको बैठकले भोलिदेखि लागू हुने गरी उहाँलाई उक्त पदमा नियुक्त गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री विजय कुमार गच्छदारको प्रस्तावमा रानालाई प्रहरी महानिरीक्षकको पदमा पदोन्नति गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले बताए ।

राना नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूमध्ये वरियतामा पहिलो हुन् ।

प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह उमेर हदका कारण भोलिदेखि अनिवार्य अवकाश पाउँदै छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।