भदौ २९ – चाडपर्वको मुखैमा आएर मूल्य वृद्धि गरेको भन्दै मृल्य वृद्धि फिर्ताको मागमा आज नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण देशभर नै प्रभाव परेको छ ।

बन्दका कारण काठमाडौ सहित देशका मुख्य सडकमा गाडी चल्न सकेका छैनन् भने स्कूल, क्याम्पस सञ्चालन हुन सकेका छैनन । बन्दले बजार, पसल बन्द रहेका छन् ।

यसैबीच, शुक्रबारका लागि आह्वान गरिएको नेपाल बन्द दिउँसो १२ बजेपछि खुल्ने भएको छ ।

दिनभर बन्द गर्दा सर्वसाधरणलाई असर पर्ने भएकाले १२ बजेसम्म मात्रै बन्द गरिएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।