भदौ २९ – सिरहाको धनगढीमा ३५ वर्षीय एक युवकको गोली हानी हत्या गरिएको छ । नीजको गोली प्रहारबाट हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
धनगढी गाविस–५ का ३५ वर्षीय शिवकुमार साहको हत्या भएको प्रहरीले जनाएकोछ । साहको मुखमा गोली लागेको छ । हत्या गरिएको स्थान इलाका प्रहरी कार्यालय धनगढी नजिकै भए पनि हत्या कसले र कसरी गरेको भन्ने विषयमा केही खुल्न सकेको छैन ।
हिजोदेखि नै बेपत्ता साहको गएराति हत्या गरी धनगढी–१ मा फालिएको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ । हत्या गरिएको स्थान उनको आफ्नै घरदेखि दुई किलोमिटरमात्र टाढा छ ।
घटनास्थलबाट प्रहरीले तीन थान चिनियाँ पेस्तोलको खोका र एक थान थ्री नट थ्री राइफलको खोका बरामद गरेको छ ।
|
Comments