नायिका निशाले राजेश हमाललाई गन्दा पनि नगनेपछि…

भदौ २३ – निशा अधिकारी कहिले कहीँ यस्तै यस्तै कामबाट मिडिया नजरमा आईरहने नायिका हुन् । उनै नायिका आज भने राजधानीमा भएको एक कार्यक्रममा महानायक राजेश हमाललाई वेवास्ता गरेर मिडियाको नजरसम्म आईपुगिन् ।

हांस्य कलाकार दीपाश्री निरौलाको अगुवाईमा आमा सरस्वती मुभिजको आयोजनामा भएको उक्त कार्यक्रममा अग्र भागमा रहेका राजेश हमाललाई उनले बाल मतलब नदिएकी हुन् ।
अरु भन्दा केही ढिला गरी कार्यक्रममा पुगेकी उनले अतिथिको रुपमा आशन ग्रहणका लागि बोलाएपछि उनी अगाडी गएपनि त्यहाँ कलाकार लक्ष्मी गिरीलाई निशाले ढोग गरिन तर सँगै रहेका हमाललाई भने देखे नदेखेको झै गरी बसेकी थिइन् ।

त्यस्तो दृश्यको फोटो भिडियो तथा समाचार संकलनका लागि त्यहाँ पुगेको सञ्चारकर्मीहरु भने छक्क खाएका थिए ।

निशाले राजेशमाथि यस्तो व्यवहार गरेपछि राजेश भने नरमाइलो मानेको दृश्य देख्न सकिन्थ्यो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 1 COMMENT

    1. रेस्पेक्ट के हो नै नबुझेको तेस्तो निशा लाइ जनताले कसरि पो कलाकार भनेर सम्मान गरिरहेछन , साली दुनिया को ओच्छयान को फुर्ती !!!

    Comments are closed.