भदौ २३ – श्रीलंकामा भएको दोस्रो वुमेन्स साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ८-० गोलको अन्तरमा पाखा लगाउँदै विजयी यात्रा सुरु गरेको छ ।

यति ठूलो गोल अन्तरमा नेपाललाई जिताउनका लागि कप्तान जमुना गुरुङ एक्लैले चार गोल ठोकेकी थिइन् ।
उनले ३७ औं मिनेटमै ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो साफमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । उनले नेपालको लागि हालसम्म २१ गोल गरिसकेका छन् । यो गोल संख्या नेपाली फुटबलरले गरेको हालसम्मकै सर्बाधिक गोल सुचिमा पार्न समेत सफल भएको छ ।

यसैगरी आजको खेलमा अर्का स्ट्राइकर अनु लामाले पनि दुई गोल गरेकी छिन् । मिडफिल्डर सजना राना मगर र दीपा अधिकारीले १र१ गोल गरेर नेपाललाई ८-० को अग्रता दिलाएका थिए ।

यसअघि सन् २०१० को फेब्रुअरीमा ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदमा पनि नेपालले पाकिस्तानलाई ७-० ले हराएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।