भदौ १९ – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै राजधानीमा विरोध प्रदर्शन भएको छ ।

मंगलबार मूल्यवृद्धि फिर्ताको विरोधमा नेकपा–माओवादी समर्थित जनवर्गीय सङ्गठनहरूले प्रदर्शन गरेको हो ।
उनीहरूले रत्नपार्क, बागबजारलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध जुलुससहित प्रदर्शन गरेका छन् ।

सरकारले मट्टितेल, डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासमा मूल्यवृद्धि गरेपछि चौतर्फी विरोध सुरु भएको छ ।

प्रदर्शनका कारण केही समय सवारी आवागमनसमेत प्रभावित भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।