भदौं १५ – अनुमित बिना नै विद्युत पोल परिवर्तन गर्ने क्रममा इलामको गोदकका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

नेपाल विद्युत प्राधिकरणको अनुमति नलिई विद्युत पोल परिवर्तन गर्ने क्रममा उक्त घटना घेटेको हो ।
स्थानीय बासिन्दा भेला भएर गाउँमा रहेको विद्युतका पुराना पोल परिवर्तन गर्ने क्रममा गोदक–३ भण्डारीबेसी निवासी हेमबहादुर राईका छोरा १५ वर्षीय सन्दिप राईको ज्यान गएको हो ।

पोल फेर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको नजिकैको घट्टा श्रेष्ठ मेडिकलमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा ज्यान गएको बताइएको छ ।

यस्तै सोही क्रममा स्थानीय दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा ५० वर्षीय कुमार सुन्दास र ३० वर्षीय किशोर मगर रहेका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको समेत प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।