प्रहरीको विशेष टोलीले पाँच जना महिलासहित एक जना पुरुषलाई आठ किलो ७०० ग्राम चरेससहित पक्राउ गरेको छ ।
कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट प्रहरीको विशेष टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो ।

सीमानाका पार गर्नै लागेका बेला प्रहरीले शङ्काका आधारमा चेकजाँच गर्दा शरीरमा लुकाएर लागि रहेको चरेससहित बाँके जिल्लाको कोहलपुर चपरगाडीका रीता चौधरी, अन्जु थारु, सरीता पुन, धनसरा आले र बीरबहादुर बुढालाई पक्राउ गरिएको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार रीताबाट तीन किलो ५०० ग्राम, अन्जुबाट दुई किलो २०० ग्राम, सरीताबाट दुई किलो, धनसरा ओलीबाट एक किलो गरी आठ किलो ७०० ग्राम चरेस बरामद गरिएको छ ।

चारै जनालाई भरियाका रुपमा प्रयोग गरी बीरबहादुर बुढाले चरेस भारततर्फ लान लागेको प्रहरीको भनाइ छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।