भदौ १४ – बाटोको विषयमा छलफल भइरहेको अवस्थामा काभ्रेको नयाँगाउँ गाविसमा एक युवाले एसिड छ्यापेपछि १७ जना घाइते भएका छन् ।

उक्त भेलामा बुधबार सोही गाविसका १९ वर्षीय सुरेश बजगार्इँले एसिड छ्याप्दा उनीहरू घाइते भएका हुन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
बाटोको बारेमा स्थानीयवासीबीच विवाद भएपछि उत्तेजित भएका ती युवाले एसिड छ्यापेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।