भदौ १४ – मलामी गएका एक व्यक्ति बुधबार दिउँसो सेती नदीले बगाएर बेपत्ता भएका छन् ।

तनहुँ जामुने–१ का ४० वर्षीय मिनबहादुर उपरकोटी सेती नदीले बगाएर बेपत्ता भएका हुन् ।

गाउँकै एक वृद्धको मृत्युमा बुल्दी खोलाको घाटमा गएका ती व्यक्ति चिता जलाएर हातखुट्टा धँुदै गर्दा सेतीले बगाएको हो ।

प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नदीमा बाढी बढेकाले खोजी गर्न कठिनाइ भएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।