भदौ १३ – चन्दा संकलनको आरोपमा उदयपुरमा एक जना साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक पक्राउ परेका छन् ।
संयुक्त जातीय मुक्ति मोर्चाको नामबाट चन्दा असुलेको भन्दै उदयपुरबाट प्रकाशित हुने साप्ताहिक पत्रिका जनसम्बन्धको कार्यकारी सम्पादक तथा प्रकाशक मुगाराम राईलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले पक्राउ गरेको हो ।

प्रहरीले मङ्गलबार साँझ पत्रकार राईलाई निजकै डेरा गाईघाट बजारबाट चन्दा लिएको रकमसहित पक्राउ गरेको जनाइएको छ ।

पत्रकार राईले संयुक्त जातीय मुक्ति मोर्चाको नामबाट विभिन्न व्यक्तिबाट चन्दा असुल्ने गरेको प्रमाण आफूहरुले पाएको र रसिदसहित भेटाएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।