भदौ ११ – बोडो जातीय समुदायका सशस्त्र समूहले पाँच जना मुसलमानको हत्या गरेपछि पुनः भारतको उत्तरपूर्वी राज्य आसाममा हिंसा भड्किने सम्भावना बढेर गएको छ ।

गत महिना भएको हिंसाको नियन्त्रणका लागि सरकारले व्यापक गृहकार्य गरिरहेका बेला आइतबार पाँच जना मुसलमानको हत्या गरिएपछि फेरि हिंसा भड्किएको हो ।
गत महिना पनि बोडो र अन्य जातीय समुदायका बीचमा हत्या हिंसाको शृंखला नै भएको थियो । त्यसमा परी ९० जना भन्दा बढीको ज्यान गएाको थियो ।

त्यहाँ सात जना मुसलमानहरू दुई गाडीमा फर्कदै गरेको अवस्थामा उनीहरूमाथि आक्रमण भएको बताइएको छ ।

पश्चिमी जिल्ला चिराङको चौधरीपारा गाउँमा सो हमलाबाट कम्तीमा पनि पाँच व्यक्तिको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

सो हिंसामा परी अरुपनि केही नागरिक घाइते भएको समाचारमा जनाइएको छ । यो घटनाले विगतको जातीय झडपलाई पुनः बल्झाउनसक्ने आशङ्का समेत गरिएको छ ।

आसामका चिराङ, कोक्राझार, धुब्री तथा बक्सा जिल्लामा हालसम्म भएका हिंसामा ९० व्यक्तिको मृत्यु भइसकेको र दुबै समुदायका चार लाख व्यक्ति विस्तापित भएको बताइएको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।