भदौ ११ – नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा सैनिक शासनको खतरा बढेको औल्याएका छन् ।

नेकपा एमाले इलामले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दलहरुबीच सहमति नभए देशमा सैनिक शासन लाग्ने खतरा औल्याएका हुन् ।

पत्रकार सम्मेलनमा उनले सबै संवैधानिक निकायहरुको आयु सकिन लागेकाले कानुनी रुपमा सैनिक मात्रै रहेकाले अब सैनिक शासन लाग्ने सक्ने भन्दै यस्तो अवस्थामा सेना बाहेक अरुले शासन गर्न नसक्ने पनि बताए ।

पाण्डेले देशलाई सैनिक शासनको खतराबाट बचाउन पनि दलहरुबीच सहमति रहेको बताए ।
सो क्रममा उनले प्रधानमन्त्रीको आयू सकिएको र राष्ट्रपतिको पनि भरपर्दो नभएको भन्दै न्यायाधिशहरुको समेत पदावधि सकिदै गएकाले सेना बाहेक अरुहरु वैधानिक नहुने अवस्था आउँदै गरेको पनि उल्लेख गरे ।

उनले माओवादीले सहमति भए सरकार आजै छाड्छु भन्नु बहाना मात्रै भएको आरोप लगाउँदै माओवादी पनि सरकार टिकाउनै खेलममा लागेको पनि उल्लेख गरे ।

अर्को प्रसंगमा उनले एमाले र माओवादीले सरकारको नेतृत्व गर्न कांग्रेसलाई आग्रह गरिरहे पनि कांग्रेसले प्रधानमन्त्रीको नाम दिन नसक्नुमा सहमति अड्किएको पनि जनाए ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।