विगत २० वर्षदेखि बलिउडमा राज गरेकी अभिनेत्री मनिषा कोइरालाले केही समयको अन्तरालपछि फेरि बलिउडमानै आफूलाई स्थापित गराउने जमर्को गरेकी छिन् । उनले अभिनय गरेको फिल्म ‘भुत – २’ आउँदो अक्टोबरमा रिलिज हुने भएको छ ।

कतिपय नेपाली कलाकारहरु आफूलाई बलिउडमा स्थापित गराउनको लागि कडा मेहनत गर्दा पनि नसकेर निराश भइरहेका बेला उनले भने नेपाली सिनेमा क्षेत्रप्रति आफुलाई निकै माया रहेको बताएकी छिन् ।
नेपाली चलचित्र ‘फेरि भेटौँला’ पछि ‘धर्मा’मा उनले अभिनय गरेकी
थिइन् । केही वर्ष अगाडी व्यवसायी सम्राट दाहालसँग बिबाह गरेकी मनिषाको बैवाहिक जीवनले भने त्यति सफलता पाउन सकेन । आफू भन्दा कम उमेर भएका सम्राटसँग उनले धुमधामले बिबाह गरेकी थिइन् ।
केही समयको ग्यापपछि फेरि सिनेमा उद्योगमा फर्किएकी मनिषालाई आफ्नो प्रोफेसन छोड्न नहुने लागेर नै फर्किएको बताएकी छिन् । फेरि पनि नेपाली चलचित्रमा अभिनय गर्ने अफर आए आफूले नछोड्ने बताएकी मनिषाले बलिउड क्षेत्र पनि नछाड्ने बताएकी छिन् ।
आफ्ना उमेर अनुसार त्यस्तै रोलहरुलाई आत्मसाथ गर्दै जानुपर्ने बताउँदै उनले बिहेपछि आफ्नो ब्युटिमा केही असर नपरेको बताइन् । यद्यपी उनको सम्राट दाहालसँगको बैबाहिक सम्बन्ध डिभोर्स हुने स्थितीमा भने पुगेको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।