भदौ १० – पाल्पमा आज मोटरसाइकल चलाउँदै गर्दा एक ट्याक्टरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

जिल्लाको मदनपोखरा गाविस–३ का एक बालकको मोटरसाइकल चलाउने क्रममा ज्यान गएको हो ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको मदनपोखरा गाविस–४ डुम्रेमा ट्याक्टरमा ठोक्किँदा चौध वर्षीय सुरेस सारु मगरको ज्यान गएको हो ।

चौध वर्षीय सुरेस सारु मगरको ज्यान गएको हो ।

बुटवलबाट पाल्पा आउँदै गरेको लु२त ४०१७ नम्बरको ट्याक्टरलाई सोही दिशामा जाँदै गरेको सारु सवार लु२प ८८१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सारुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।