केही दिनअघि बिल गेट्सले एउटा विद्यालयमा प्रबचन दिएका थिए । उक्त प्रबचनमा उनले बिधाथीहरूसंग विभिन्न ११ कुरामा ध्यान दिन आग्रह गरेका थिए । गेट्सले कसरी जीबनलाई अगाडी बढ़ाउन सकिन्छ र वास्तविताको नजिक आफुलाई पुर्याउन सकिन्छ भन्ने विषयमा बताएका थिए । बिल गेट्स केही समयअघिसम्म विश्वकैं सबैभन्दा धनी ब्यक्तिमा गनिन्थ्ये । उनी माइक्रोसफ्ट कंपनीका अध्यक्ष थिए , तर अहिले उनले त्यसबाट राजीनामा दिईसकेका छान् । अहिले उनी समजसेवाका क्षेत्रमा बढ़ी ध्यान दिन थालेका छन । उनी सबैका प्रेरणाका श्रोत भएका छन । यहाँ गेट्सले उल्लेख गरेका ११ सूत्र प्रस्तुत गरिएको छ ।
1. जीबन सधै राम्रो हुदैन, तर यसको पर्योग गर्न जान्नु पछ ।
2. संसारले तपाईको सम्मान गर्न चाहदैन । आफुले राम्रो अनुभब गर्नु भन्दा पहिला केही कुरा हासिल गरेको देख्न चाहन्छ ।
3. पढाई पुरा गर्नासाथ प्रशस्त कमाउनेआशा गर्नु हुदैन । कुनै पनी कंपनी प्रवेस गरेपछि अथवा जागीर खान थालेपछि मात्र आफूसंग गाड़ी अथवा फोनको सुविधा हुनेछ भन्ने कुरा दिमागमा राख्नुपर्छ । त्यो भन्दा अघि यस्ता सुविधा खोज्नु राम्रो होइन ।
4. यदि आफ्नो शिक्षक अथवा अन्य कुनै पनी ठुला ब्यक्तिले उपभोग गरेको सुविधा देखेर रहर लाग्छ भने आफु पनी त्यस्तै बने पछि मात्र यस्ता सुविधा उपभोग गर्न सक्छु भन्ने कुरा मनमा राख्न्नुपर्छ र त्यो समयसम्म प्रतिक्षा गर्नुपर्छ ।
5. आफुले उपभोग गरिरहेको सामग्री आफ्नो अभिभावकले आफुजस्तै उमेरमा कति उपभोग गर्न सकेका थिए, थाहा पाउने प्रयास गर्नुपर्छ । सायद उहाहरूले यस्ता सुबिधा उपभोग गर्नु भएको थिएना होला ।
6. यदि तपाई मिलनसार हुनुहुन्न भने यसमा तपाईको बुबाआमाको कुनै दोष छैन । सामाजिक भावना नभएका करण नै यो समस्या आएको हो भन्ने कुरा थाहा पाउनूहोस र मिलनसार बन्ने प्रयास गर्नुहोस ।
7. आफ्ना लागि बुबा आमाले कति दुःख गर्नुभएको छ भन्ने कुरा सधै ख्याल रख्नुहोस । तपाईको फी तिर्दा , कपडा किन्दा र अन्य कार्यका लगी भएको खर्चका करण उहाहरुमा परेको भारको आकलन गर्नुहोस । यसो हुदा आफ्नो पढ़ाई र अन्य करियरलाई अघि बढ़ाउन मद्दत पुग्छ ।
8.हार र जित भन्ने कुरा जीवनका अभिन्न अंग हुन, तर पनि सकेसम्म हार्न कोही चाहदैन, तर जीन्दगीको लक्ष्य सँधै सफलतातिर हुनुपर्छ । यद्यपी नभए पनि निरास हुनु हुदैन ।
9. जिन्दगी पढ़ाई जस्तो वर्ष वा सेमेस्टारमा बाडिएको हुदैन । यहाँ गर्मीको बिदा पनि पाइदैन । त्यसैले सधै आफ्नो कार्य गर्नुपर्छ । यसका लागी आफूमा सधै आत्मविश्वासको भावना जगाउनु पर्छ ।
10. टेलिभिजन वास्तविक जीवन होइन । टेलिभिजनमा प्रस्तुत कुरालाई मात्र आधार बनाएर अघि बढ़नु हुदैन ।
11. अवसर कहिल्यै समाप्त हुदैन । यदि तपाईले एउटा अवसर गुमाउनुभयो भने पनी अर्को अवसर अगाडी हाजिर हुन्छ, त्यसैले अवसरको उपयोग गर्न छोड्नु हुदैन ।








