भदौ १०– सिरहामा छोरालाई पढ भनेर बाबुले कराउँदा रिसले छोराले भने आफ्नै जिउमा आगो लगाई घाइते भएका छन् ।

सिरहा नगरपालिका–१ निवासी नुनु ठाकुरका १३ वर्षीय छोरा विटु ठाकुरले गएराति आफ्नै शरीरमा आगो लगाएका हुन् ।
बाबुले पढ्नका लागि कराएपछि रिसले विटु आफ्नै शरीरमा आगो लगाई घाइते भएको प्रहरीको भनाई छ ।

घाइते बालकको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको बताइएको छ ।

उनले सलाई कोरेर आफ्नै शरीरमा आगो लगाएका थिए । आगो लुगामा लागेर विटुको शरीरको विभिन्न भाग जलेको भए पनि उनी खतरामुक्त रहेको बताइएको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।