भदौ १० – विराटनगरमा अवैध शारीरिक सम्बन्ध राख्ने १० महिला/पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरको विभिन्न स्थानमा अनैतिक एवम् अवैध शारीरिक सम्बन्ध राख्ने एक सरकारी कर्मचारीसहित १० महिला र पुरुषलाई प्रहरीले छापा मारेर शनिबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा नगर प्रहरीको कार्यालयबाट खटिएको टोलीले विराटनगरको विभिन्न होटल तथा लजबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कर्मचारी सिरहा जिल्लामा कार्यरत रहेको बताइएको छ । पक्राउ परेका महिला र पुरुष सबै विवाहित हुन् ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।