जर्मनी – जर्मनीमा आफ्नो समान चोरी भएका नेपाली विश्व साइकल यात्री सौरभ दाहालले विश्व साइकल यात्राका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

उनको अगस्त २३ का दिन जर्मनको फ्रेंकफोर्ट स्टेसनबाट साइकल लगायत सम्पूर्ण सामग्री चोरी भएको थियो ।
उनै सौरभ दाहालले सहयोगका लागि अपिल गरेको पत्र यस्तो छ :
“म सौरब दाहाल विश्व साइकल यात्री २००७ देखि गौतम बुद्धको जन्मथलो लुम्बिनीलाई विश्व माझ पुगेर चिनाउने उद्देश्य लिएर ४५ राष्ट्रको यात्रा पुरा गरि हाल जर्मनी यात्रामा आएको थिए ।

म यहा आएकै दिन २३ अगस्त जर्मनको फ्रेंकफोर्ट स्टेसनबाट मेरो यात्रा गर्ने साइकल, लगायत सम्पूर्ण कुराहरु चोरी भयो हाल पुलिसको सहयोगमा नेपाली राजदुत आवास बर्लिन आएको छु । यात्रा गर्ने साईकल लगायत सम्पूर्ण कुरा हराएर मेरो यात्रा अलपत्र परेको हुदा आगामी यात्रामा निस्कनको लागी, र साईकल किन्नको लागि हजुरहरु सबैले सहयोग गर्दिनु हुनु अनुरोध गर्द छु ।”

Thanks & Regards
Saurab Dahal ( World Tour Cyclist )
Email – [email protected]
Skype – Saurabdahal
Facebook – Nepali Cyclist Saurab Dahal

Watch Video


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।