भदौ ९ – बेलायती प्रहरीले जुलियान असान्जलाई लन्डनस्थित इक्वेडोरको राजदूतावासबाट बाहिरिए पक्राउ गर्न तयार गरिएको योजना थाहा नपाइकनै सार्वजनिक हुनपुगेको छ भने यस विषयमा फोटो तथा टिप्पणी शनिबार समाचारपत्रहरूमा पुगेका छन् ।
दूतावासबाहिर रहेका एक प्रहरीले हातले ‘प्रतिबन्धित’ निर्णय लेखिएको कागजात बोकेर हिँडेको फोटो खिचिएको थियो । उक्त कागजातमा विकिलिक्सका संस्थापक असान्ज दूतावासबाट बाहिरिएमा कुनै अवस्थामा पक्राउ गरिने उल्लेख गरिएको बताइएको छ ।

उक्त कागजातमा ४१ वर्षीय यी अस्ट्रेलियाली नागरिक दूतावासको गाडीमा वा कूटनीतिक उन्मुक्ति प्राप्त गरेको झोलामा बाहिरिनसक्ने र यस्तो अवस्थामा निजलाई पक्राउ गरिनुपर्ने उल्लेख गरिएको छ ।

स्कटल्यान्ड यार्डका प्रवक्ताले यो कागजात एक अधिकारीलाई दिइएको जानकारीको एक टिप्पणी भएको उल्लेख गरे ।

यी प्रवक्ताले बेलायतले असान्जलाई जमानी तोडेको आरोपमा मात्र पक्राउ गर्ने उद्देश्य बनाएको र कुटनीतिक उन्मुक्ति तोडेर कुनै पनि हालतमा पक्राउ नगरिने बताए ।

प्रहरीको कागजातमा असान्जका वर्तमान अवस्थाका बारेमा सङक्षिप्त टिप्पणी उल्लेख गरिएको छ । गर्नुपर्ने कायमा असान्जलाई कुनै पनि परिस्थितिमा पक्राउ गरिनुपर्ने उल्लेख गरिएको छ । एजेन्सी

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।