भदौ ९ – बाँदर धपाउन रूखमा चढेर बसेका एक बालकको आफ्नै बुवाले बादर होला भनि हानेको गोलि लागि मृत्यु भएको छ ।
अर्घाखाँचीको सिद्धारा गाविसका ५५ वर्षिय गुप्तबहादुर पुलामीले बाँदर ठानेर हानेको गोली लाग्दा रुखमा बसेका आफ्नै १२ वर्षीय छोरा चित्रबहादुरको ज्यान गएको हो ।
रातो कपडा लगाएर रूखमा बसेका ती बालकलाई बाँदर भनेर उनका पिताले गोली चलाएका हुन् ।
चित्रबहादुर शुक्रबार बिहान ८ बजेतिर बारीको मकै खान आएका बाँदर खेद्न रुखमा बसेका थिए ।
बाँदरले बारी भित्रै पसेर पाक्न लागेका मकै खाइदिन थालेपछि बाँदर धपाउन भनेर बन्दक भिरेर गएका गुप्त बहादुरलाई छोरा बारीमा गएको छ भन्ने थाहा नभएको र रातो कपडा लगाएर रूखमा बसेका ती बालकलाई बाँदर नै ठानेर गोलि हानेका थिए ।
गोली प्रहारबाट कृष्णबहादुरको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनापछि बेलुका पुगेको शिद्धरा प्रहरी चौकी र इलाका प्रहरी चौकी ठाडाको टोलीले मृतक बालकको शव रुखबाट निकालेको थियो ।