भदौ ८ – वीरगञ्जमा आज गोलि हानेर दिउँसै फोरम नेताको हत्या भएको छ ।

वीरगंजमा आज दिउँसो गोलि हानि मधेसी कारखाना श्रमिक फोरम नेपालका केन्द्रीय महासचिवको हत्या गरिएको हो ।

पर्सा जिल्लाको लालपर्सा गाविस १ निवासी रामाशंकर मण्डललाई बीरगंजको बजार क्षेत्रमै गोली लागेको हो ।

आज दिउँसो ११ बजे अज्ञात समूहले मण्डललाई गोली हानेको हो । गोली लाग्नै बित्तिकै अस्पताल पुर्याइएका मण्डलको अस्पतालले मृत्यु घोषणा गरेको हो । मृत मण्डलको शव नारायणी क्षेत्रीय अस्पतालमा राखिएको छ ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले मण्डलमाथि गोली प्रहार गरेका थिए । प्रतक्षदर्शीका अनुसार उनीमाथि ३ राउण्ड गोली हानेर मोटरसाइकलमा भागेका थिए ।

मण्डल मल लिनका लागि कृर्षि सामग्री कम्पनी लिमिटेड अगाडि उभिइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो । प्रहरीले घटनालगत्तै प्रतक्षदर्शीले दिएको जानकारीका आधारमा गोली हान्नेको खोजलाई तिब्रता दिएको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।