भदौ ८ – चाहे नेपाली होस या त हिन्दी न किन अंग्रेजी नै नहोस् । प्रायः जसो फिल्महरुमा नायिकाहरु नै नांगिने र नंगाइने गरेको पाइन्छ ।

तर, नेपाली एक फिल्ममा भने अब नायिका नभएर नायक नांगिएका दृश्य देख्न पाइने भएको छ ।
रामप्रसाद रिजालले निर्माण गरेको नेपाल चलचित्र धुवाँ यो नशामा नेपाली लभ स्टोरीका चल्तीका नायक आर्यन सिग्देल नांगिएका हुन् ।

उक्त चलचित्रको एक दृश्यमा दर्शकहरुले उनलाई अन्डरवेयमा मात्र देखिने भएको हो ।

यस भन्दा अगाडी नायिकाहरुको अंग प्रदर्शनलाई बिकाउन खप्पिस निर्माताहरुले अब नायकलाई नंगाएर बिजनेश राम्रो गर्लान कि नराम्रो त्यसका लागि त कुर्नै पर्नेहुन्छ ।

यसैबीच, भदौ २२ बाट रिजिल गर्न कसिएका निर्माता रिजालले कार्तिक ३ गतेदेखि उक्त चलचित्र प्रदर्शनमा ल्याउने तयारी गरेका छन् ।

आर्यन सिग्देल र निशा अधिकारीको मुख्य भूमिका रहेको उक्त चलचित्रको अहिले सम्पादन कार्य भइरहेको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।