भदौ ८ – नेकपा–माओवादीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेलले जसले देशलाई भुमरीमा फसाइरहेका छन् उनीहरुले नै देशलाई निकास दिन्छु भन्नु हास्यास्पद मात्रै भएको टिप्पणी गरेका छन् ।
क्रान्तिकारी पत्रकार महासङ्घ तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले
चार दलको सिन्डिकेट कुनै पनि हालतमा मान्य नहुने पनि उल्लेख गरेका छन् ।

जनताले चार दललाई विश्वास गर्न सक्ने अवस्था नै नरहेको उनको भनाई छ ।

उनले चार दलका शीर्ष नेता बसेर गरेको निर्णय मान्य हँुदैन भन्दै राजनैतिक सङ्कट हटाउन सर्वपक्षीय गोलमेच गर्नुपर्ने बताएका छन् ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।