भदौ ८ – विराटनगरमा सुन देखाएर ठग्नेको बिगबिगी बढेको छ ।

त्यहाँ सुन देखाएर ठग्ने एक गिरोहको बिगबिगी बढेपछि सर्वसाधारण जनता मारमा परेका छन् ।
विराटनरस्थित महेन्द्रचोकअगाडि एकजना व्यक्तिले पितलमा सुनको जलप लगाई आज यहाँ एक जनालाई ठगेका छन् ।

यसरी ठगिनेमा तेह्रथुम पौठा– ६ निवासी भक्तबहादुर शङ्कर छन् । निज शङ्करलाई मङ्गोलियन अनुहारका एकजना व्यक्तिले आफूसँग रहेको नक्कली सुन दिई उनको एक तोला सुनको औँठी ठगी लगेका छन् ।

शङ्करले आफू ठगिएको कुरा प्रहरीलाई खबर गरेपछि ठगको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।