भदौ ८ – आज बिहान ९ बजेर ४० मिनेट जाँदा ५.२ रिक्टर स्केलको भूकम्प गएको छ ।

उक्त भूकम्प गएको जानकारी खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले रेकर्ड गरेको राससले उल्लेख गरेको छ ।
उक्त भूकम्पको केन्द्रविन्दु रुकुम र रोल्पा जिल्लाको सीमा क्षेत्रमा भएको विभागले जनाएको छ ।

यसैगरी सोही स्थानमा आज बिहान ६ बजेर २ मिनेट जाँदा ४.४ रिक्टर स्केल र बिहीबार राति १० बजेर १५ मिनेट जाँदा ५.६ र १० बजेर २७ मिनेट जाँदा ४.४ रिक्टर स्केलको भूकम्प गएको विभागले जनाएको छ ।

उक्त भूकम्पबाट भएको क्षति विवरण भने आएको छैन ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।