भदौ ७ – माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिको म्याद पुनः थपिएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले समितिको म्याद यही भदौ १ गतेदेखि लागु हुने गरी तीन महिना थप्ने निर्णय गरेको हो ।
सो समितिको म्याद गत साउन ३२ गते समाप्त भएको थियो ।

सिंहदरबारमा बसेको बैठकले संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले यही भदौ १५ देखि लागु हुने गरी दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले सहरी विकास मन्त्रालयअन्तर्गत राजपत्राअङ्कित द्वितीय श्रेणीका अधिकृत हरिप्रसाद रिजालले एक महिनापछि स्वतः अवकाश पाउने गरी उहाँलाई गत साउन २५ गतेदेखि लागु हुने गरी राजपत्राअङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।

बैठकमा विभिन्न विषयमा अध्यादेश ल्याउनेबारे छलफल भए पनि त्यसबारे निर्णय नगरिएको बताइएको छ ।

Watch Video


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।