भदौ ७ – विराटनगरको एक होटलमा राति बास बसेका व्यक्ति बिहान मृत अवस्थामा फेला परेका छन् ।

विराटनगर–१४ मा रहेको होटल यति एन्ड लजको कोठा नं. १०१ मा बास बसेका विराटनगर–१३ का ५० वर्षीय इन्द्रप्रसाद बड्तौला मृत अवस्थामा फेला परेका हुन् ।
बिहान अबेरसम्म कोठा नखुलेपछि शङ्का लागि चियाएर हेर्दा उनको शव कोठाको पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।