भदौ ५ – चितवनको भण्डारास्थित पूर्वपश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

नारायणगढबाट हेटौँडातर्फ गइरहेको ना२च ३५०७ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको बा४४प ६७४० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर– ८ निपानीचोक निवासी ३५ वर्षीय रामचन्द्र पौडेलको मृत्यु भएको हो ।
जिप चालक फरार रहेकाले निजको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । जिप भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।