भदौ ५ – तपाईलाई कुनै जिल्लाको त्यो पनि सरकारी अस्पतालमा बिजुली बत्तीको अभावका कारण मैनबत्तीको सहायता लिएर बिरामीको उपचार गरिरहेको कुरा कसैले सुनाई गएमा अचम्मित नमाने हुने भएको छ ।

अहिले तनहुँको सदरमुकामस्थित एक मात्र सरकारी अस्पताल दमौली अस्पतालमा मैनबत्तीको भरमा बिरामीको उपचार हुँदै आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले साँझमा लामो लोडसेडिड गरिदिँदा आकस्मिक सेवाका लागि अस्पतालमा जाने जो कोही बिरामी पनि पर्ने गरेका छन् ।

लामो समयदेखि अस्पतालले बिजुलीको सास्ती भोग्दै आएपनि अस्पताल व्यवस्थापन समितिले समेत कुनै चासो नदेखाएको कर्मचारी बताउँछन् ।

राति आउने बिरामीले मात्रै नभई स्वास्थ्यकर्मीले पनि दुःख भोग्नुपरेको अस्पतालकै कर्मचारीहरुको भनाई छ ।

सामान्य सुई लगाउन पनि लामो समय लाग्ने र जटिल घटनाका बिरामी आउँदा उपचार गर्न कठिनाइ हुने गरेको अस्पतालका अहेव रामकला पन्थ बताउँछन् ।

दमौली क्षेत्रमा निजी लगानीमा खोलिएका अस्पतालमा सरकारी अस्पतालको तुलनामा सेवासुविधा राम्रो भएपछि बिरामीको सरकारी अस्पतालप्रतिको आकर्षणसमेत घट्दै गएको छ ।

पच्चीस शय्याको क्षमता रहेको उक्त अस्पतालमा बिजुलीको सुविधा नहुँदा राति मैनबत्ती बालेर रात बिताउनुपरेको कर्मचारीहरु गुनासो सुनाउँछन् ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।