भदौ ४ – प्रहरीकै सञ्चार सेट वाकीटकी खोसेर प्रहरी माथि नै आक्रमण गर्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

वाकीटकी सेट खोसेर प्रहरी नायव निरीक्षकमाथि नै हातपात गरेको अभियोगमा पर्वतका दुई युबालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी नायव निरीक्षक नवराज पौडेलको साथमा रहेको १ थान मोबाइल सेट र वाकीटकी खोसेर हात गर्न खोजेको अभियोगमा शिवालय ९ का तारा पुन र शिवालय ४ का गोविन गुरुङ पक्राउ परेका हुन् ।

हातपातमा संलग्न अर्का महेन्द्र पुन अझै फरार रहेको बताइएको छ । उनीहरुले पौडेललाई आक्रमण गरेर वाकीटकी र मोबाइल खासेको प्रहरीले बताएको छ ।

Watch Video


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।