साँस्कृतिक आर्थिक तथा सामाजिक लगायतका क्षेत्रहरुमा अमेरिकी रेकर्ड तोड्न आतुर रहेको चीनले भर्खर मात्रै ठूलो संख्यामा विकिनी लगाएर गरिएको प्रदर्शनको रेकर्ड तोडेको छ ।
यसअघि अमेरिकाको नाममा रहेको ठूलो संख्यामा बिकिनी लगाएर परेड गर्नेहरुको कीर्तिमान चीनले तोडेको हो ।

चीनको लियाओनिङ प्रान्तको हुलुडाओ सिटीमा एक हजार ८५ जना महिलाले बिकिनी लगाएर एक माइल भन्दा बढी दूरी पैदल हिँडेर किर्तिमानी कायम गरेका हुन् ।

यसघिको कीर्तिमान अमेरिकाको फ्लोरिडा राज्यमा रहेको पनामा सिटीको नाममा थियो। गत मार्चमा ४५० महिलाले यो कीर्तिमान राखेका थिए ।

उक्त परेड सकिन साथ गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रतिनिधिहरुले विश्व कीर्तिमानको प्रमाणपत्र दिएका थिए ।

उक्त विशला विकिनी परेडमा सहभागीहरुले नाच्ने गाउनेका गरेका थिए । बिकिनी परेडमा सहभागी हुनेहरुमा चारदेखि ७० वर्षका महिलासम्म रहेको बताइएको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।