भदौ १ – नेकपा एमाले निकट युवा सङ्घ र अनेरास्ववियुले आफूले संयुक्त रुपमा आह्वान गरेको चितवन बन्द बिहान १०:३० बजेदेखि फिर्ता लिएका छन् ।
बिहीबार मध्यान्हदेखि जारी बन्द आज परेको कुसेऔँसी र बाबुको मुख हेर्ने दिनलाई ध्यानमा राखी फिर्ता लिइएको युवा सङ्घले जनाएको छ । बन्द खुलेसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ ।

बजार पसल खुल्न थालेका छन् भने यातायात निर्बाध रुपमा चलेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।