साउन ३२- एमालेले जातिय संघीयताको मुद्धालाई सम्बोधन नगरेपछि फरक मत राख्दै आएका उपाध्यक्ष अशोक राईले आफू एमालेमा नफकर्ने बताएका छन् ।


आज राजधानीमा किरात राई पत्रकार संघले गरेको पत्रकार सम्मेलनमा बोल्दै भने ‘एमालेले एकल जातीय पहिचानसहितको संघीयताको मुद्धालाई सम्बोधन गरोस् या नगरोस् अब अशोक राई एमालेमा फर्किदैन ।’

त्यस्तै प्रधानमन्त्रीको आलोचनामा उत्रिएका राईले भने ‘सबैभन्दा मन नपरेको प्रधानमन्त्री बाबुराम भट्टराईको पदको आयु लम्ब्याउने काम प्रतिपक्षी पाटीले गरेका छन् ।’ राईले किरात राई पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनबाटै नेकपा एमालेले जातीय पहिचान सहितको संघीयताको मुद्धा सम्बोधन नगरेकाले उक्त पार्टीसँग आफ्नो सम्बन्ध नभएको समेत खुलासा गरेका छन् ।


राईले एमाले छोडेर आफूले जातीय पार्टी खोल्न लागेको सर्वत्र चर्चा भइरहेका बेला जातीय पार्टी भने नखोल्ने पुष्टि गरेका छन् राइले भने आफूहरुले कुनै जनातीय पार्टी नभई बहुदलवादी समाजको संरचनाअनुसार समानुपातिक समावेशी चरित्रको राजनीतिक दल निर्माण गर्ने लक्ष्य लिएका छौँ । राईले जातीय पार्टी गठन गर्ने भन्ने विषयमा लागेको आरोपको खण्डन गरेका छन् । राईले भनेका छन् –पुष्पलाल श्रेष्ठले नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्दा पाँच जना नेवारलाई मात्र उठाएर गरेका थिए तर उनले कहिल्यै जातीय राजनीति गरेन । हाम्रो लक्ष्य समेत त्यही हो । राइले भनेका छन् ‘पुष्पलाललाई जातीय आरोप गराए पनि उनले जातीय राजनीतिक गरेनन् र हामी पनि त्यही विचारलाई अघि बढाउँछौँ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।