साउन ३० – अवैध शारिरीक सम्बन्ध राख्ने महिलासहित ८ जनालाई आज प्रहरीले होटलमा छापा मारी पक्राउ गरेको छ ।
विराटनगर बस पार्कनजिक विभिन्न होटल तथा लजमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बस पार्कअगाडिको धनकुटा लज, ओम प्यालेस लज तथा होटल शान्ति लजबाट अवैधसम्पर्क गर्ने उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
विराटनगरमा अवैध शारीरिकसम्बन्ध अर्थात् वेश्यावृद्धि बढ्दै गएपछि आज प्रहरीले त्यहाँ छापा मारेको हो ।
पक्राउ पर्नेमा दुई विवाहित र दुई अविवाहित महिला समेत रहेको प्रहरीले जनाएको छ ।
Comments