साउन ३० – अविरल वर्षाका कारण घर भत्किएपछि तनहुँकी एक वृद्धा विचल्लीमा परेकी छिन् ।
यही साउन २२ गते भएको वर्षाले मिर्लुङ गाविस–२ निवासी ७६ वर्षीया कृष्णकुमारी ढकालको घर भत्किएपछि उनी अहिले छिमेकीको घरमा बास बस्दै आएकी छिन् ।
पतिको मृत्यु र दुई छोरीको विवाह भइसकेकाले वृद्धा ढकाल घरमा एक्लै बस्दै आएकी छिन् ।
पहिरो गएर घर भत्किएपछि जिल्ला प्रशासन कार्यालय, गाविस, जिविस, रेडक्रसलगायतका कार्यालयमा आर्थिक एवम् भौतिक सहयोगका लागि पहल भइरहेको स्थानीय समाजसेवी गोविन्द ढकालले जानकारी दिए ।
घर भत्किँदा अन्न, लत्ताकपडा, भाँडाकुँडा गरी करिब एक लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ । रासस
Comments