साउन २९ – विदेशबाट पैसा कमाएर आएका एक व्यक्तिलाई आफ्नै श्रीमतीले राती गुण्डा प्रयोग गरेर हत्या गरेकी छन् ।

वैदेशिक रोजगारीबाट केही दिन अघि मात्रै नेपाल आएका मोरङ जिल्लाका ती व्यक्तिको आफ्नै श्रीमतीले हत्या गराएकी हुन् ।

मोरङ जिल्ला बयरवन–९ बस्ने भर्खरै वैदेशिक रोजगारीबाट फर्केका ४० वर्षीय घनबहादुर गुरुङको गएराति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मोरङलाई उधृत गर्दै राससले उल्लेख गरेको छ ।

मृतक गुरुङकी श्रीमती ३५ वर्षीय तारा गुरुङले नै श्रीमान्को हत्या गराएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

ताराले राति घरको विद्युत्को मेन स्वीच बन्द गराई गुण्डा प्रयोग गरेको बताइएको छ । प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ ।

गुरुङ विदेशबाट आएदेखि श्रीमान् श्रीमतीबीच पारिवारिक तनाव रहेको निजका छिमेकीहरू बताउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।