साउन २९ – विपक्षी दलहरुले प्रधानमन्त्रीको राजीनामा माग गरिरहेको अवस्थामा प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज पद त्यागेको बताएका छन् ।
आज पोखरामा आयोजित दयाशंकर पालिखे स्मृति राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा बोल्दै पद छोडेर हिड्न नमिल्दा आफैँ पीडित बनेको बताए ।

कार्यक्रममा उनले चाहँदा चाहँदै पनि छाडेर हिड्न नमिलेको भन्दै पदमा बस्ने लालसा एक मिनेट पनि नरहेको बताए ।

आफूलाई पदमा बसीरहने रहर नभएको र आफूले पद छोड्दा मुलुकमा राजनैतिक जटिलता थपिने पनि बताए ।
भट्टराईले कार्यक्रमम स्थलमा पद त्यागको घोषणा गर्ने बताउँदै आफूले छोड्दा मुलुक अझ राजनीतिक द्वन्द्वमा फस्ने चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीलाई प्रधानमन्त्री भट्टराईले ३३ हजार ३ सय ३३ रुपयाँ नगद सहित सम्मान पत्र दिएर सम्मान गरेका हुन ।

निष्ठुरी यस वर्षको दयाशंकर पालिखे पुरस्कारबाट सम्मानित भएका हुन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।